स्थापना दिवसको अवसरमा प्रभातफेरी

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १५:१९

मकवानपुर । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रेस चौतारी नेपाल मकवानपुर शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । हेटौंडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बुद्धचोकमा पुगेर पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईं, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।