आइतबार नेप्से घट्यो

तु खबर संवाददाता
२०८० माघ २१,आईतवार १६:३९

काठमाडौँ । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो ।

यस्तै, आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, आज ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत र हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले घटेको छ ।