राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्न प्रस्ताव

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन गर्न प्रस्ताव गरिएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको हो ।
आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् ।
सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एक साताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो ।
शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।
अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने जनाइएको छ ।