चिनियाँ नागरिक मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार, माघ १० गतेदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
मृत उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
