माओवादी केन्द्रको संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८० माघ २१, आईतवार ०८:४६

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवम् अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते भोलिबाट बस्दैछ । यो अधिवेशनमा संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी रहेको छ ।