आज विश्व क्यान्सर दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० माघ २१, आईतवार ०८:२१

काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिने क्यासन्सर दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइने भएको हो ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनायन लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ ।

डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।