मनहरी–७, बुद्धशान्ति हरित पार्कमा सरसफाइ कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ १६, मंगलवार १०:०८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ बुद्धशान्ति हरित पार्कमा सोमबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

यही माघ २७ गते ल्होछार विशेष मेला तथा साँस्कृतिक कार्यक्रमको तयारी स्वरुप सरसफाइ कार्यक्रमको आयोजना गरेको सरसफाई उपसमितिका संयोजक सगुन स्याङतानले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मनहरी, मनकामना सामुदायिक वन उपभोक्ता समिती मनहरी, त्रिनेत्र दल गण सुनाचुरी व्यारेक, आइ.आर.टी पोस्ट कत्ले, साङ्गा छोइफेल गुम्बा, मनहरी टोल विकास संस्था, कालिका टोल विकास  संस्था, लामाटोल विकास संस्था, सिमपानी गुम्बा परिवार, बुद्ध धर्म सरक्षण समिति र स्थानीय युवाहरुको सक्रियतामा सरसफाई कार्यक्रम गरिएको हो ।

२८६० सोनाम ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रको लागि मनहरीमा तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । मेला सव्यर भव्यका साथ सम्पन्न गर्न मेला संजोजक सुरेश मुक्तानको अध्यक्षतामा बसेको बैठकले विभिन्न ११ वटा उप–समितिहरु गठन गरिएको छ ।

कार्यक्रममा तामाङ समुदयको संस्कार सँस्कृति सम्बन्धि विभिन्न स्टलहरु रहने र लामा बोन्बो लाप्ताबा, ताम्बा लगायतकाले आफ्नो प्रस्तुती दिइनेछन् ।

साथै तामाङ समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने साथै स्थानीय तथा राष्ट्रिय स्तरको तामाङ कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।