जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार १५:०१
सांकेतिक तस्वीर

चितवन । चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६, शिवघाट बस्ने ४१ वर्षीय मधुसुदन खत्री रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार साँझ भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मधुसुदनको मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मृतक मधुसुदनकै छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छन् । उनको दुबै खुट्टामा चोट लागको छ । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।