संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १६:४१
file-photo

मकवानपुर । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार, बैठकले संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गते बस्ने गरी आह्वान गर्नका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।