ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २, मंगलवार १७:४४
सांकेतिक तस्वीर

हेटौंडा । चितवन जिल्लाको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको हो ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी समेत भएको हो । घटनाको थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।