कमल थापाले मन्त्री किराँतीको पुत्ला जलाए

तु खबर संवाददाता
२०८० पुष ८, आईतवार १७:३९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।
राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन् ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसमेत गरेका छन् ।

अध्यक्ष थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।