पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सकियो

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:४५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमसकिएको छ ।

आइतबार सम्पन्न कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको हो ।

सो क्रममा स्थानीय क्याम्पस प्रमुख भएकी विद्यार्थी अनुषा प्रधान, डाक्टरद्वय गगन कार्की र पवन कार्की, स्वर्ण पदक विकेता खेलाडी रोजन मोक्तान र थाहा नगर उद्योग वाणिज्य संघमा निर्वाचित जेसीजका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

जेसीजका पूर्व अध्यक्ष एवम् थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, देवचुली जेसीज अध्यक्ष गणेश सापकोटा, हेटौंडा लेडी जेसीज अध्यक्ष दिलु घर्ती, पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाई कार्की र धर्मलाल प्रधान, मुल कार्यक्रम संयोजक अन्जय प्रधान, कार्यकारिणी उपाध्यक्ष दीपा बल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, कार्यक्रममा बस्तिपुर जेसीज अध्यक्ष प्रेमबहादुर गोङ्बा, मकवानपुरगढी जेसीज प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी, चैनपुर जेसीज प्रस्तावित अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।