साताको पहिलो दिन नै नेप्सेमा गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नै शेयरबजारमा गिरावट आएको छ ।
आज नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको हो ।
यस्तै, आज नेप्सेमा २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि भएको छ भने ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, आज माईक्रोफनान्स बाहेक सबै उपसूचकमा गिरावट आएको छ ।