रोट्रयाक्टद्वारा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा भएको हो ।
स्व. सचिन मेमोरियलको सम्झनामा रोट्र्याक्ट डिस्टृक्ट ३२९२ ले देशभर रहेको रोट्रयाक्ट क्लबमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष राजन कटुवाले जानकारी दिए ।
हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष अमृत लामिछाने, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन संगामी, रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, क्लबका पुर्व अध्यक्षहरु, सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।
