बोराभित्र महिला र पुरुषको शव फेला
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुई जनाको शव फेला परेको छ ।
सडकको पुलमुनि छुट्टाछुट्टै बोराभित्र अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिला र पुरुष शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त शवको पहिचान खुलेको छैन ।
सो घटनाको बारेमा चितवन प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
