मकवानपुरका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा
मकवानपुर । मकवानपुरका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा रहेका छन् ।
आन्तरिक राजस्व कार्यलय मकवानपुरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तरगत मंगलबार हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएको हो ।
कार्यक्रममा जिल्लाको सरदर चार लाख ६६ हजार जनसंख्यामध्ये करिब एक लाख २ हजार ६ सय ८९ जना करको दायरामा रहेको आन्तरिक राजस्व कार्यलय मकवानपुरका प्रमुख तुलसी प्रसाद भट्टराईले जानकारी गराए ।
उनका अनुसार, आयकर तर्फ दर्ता भएका ३१ हजार ८ सय ५७ जना, मुल्य अभिबृद्धिकरमा दर्ता भएका ५ हजार ५ सय ३१ जना, अन्तःशुल्क दर्ता एक हजार ६ सय १६ जना, डब्लु प्यानतर्फ ६ सय ६८ जना, पि प्यानतर्फ ७० हजार एक सय ६४ जना करदाता रहेका छन् ।