मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्दै

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १५:४६
file-photo

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि यही मंसिर ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) खुल्ला गर्ने भएको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गर्न लागिको जानकारी गराएको हो ।

कम्पनीले कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको हो ।

मंसिर १२ गतेसम्म आवेदन दिन सकिने उक्त आइपीओ इच्छुक व्यक्तिले अंकित मूल्य १ सयका दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।