सिआन पुनस्थापना केन्द्रको अध्यक्षमा अग्रवाल

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार ०९:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेमा रहेको सिआन पुनस्थापना केन्द्रको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् ।

केन्द्रको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभा तथा अधिबेशनबाट ४ वर्षे कार्यकालका लागि अग्रवालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै, केन्द्रको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका लामा, सहसचिवमा ओम फुँयाल, कोषाध्यक्षमा मन क्षेत्री, सदस्यहरुमा अनिश दाहाल, सुभेच्छा कार्की, मिनु अग्रवाल, बिनोद आचार्य चयन भएका छन् ।

निर्वाचन मण्डलका संयोजक एवम् मामाघर नेपालका प्रमुख अर्पण पराजुलीले नयाँ नेतृत्वको घोषणा गरेका थिए ।

साधारणसभा शम्भुसिंह कार्कीको सभाध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभासदस्य बिन्दबासिनी कंसाकार, बागमती प्रदेश सभा सदस्य ज्ञानुजंग लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष कार्कीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तानियाँ अग्रवालले करिव ७३ लाख रुपैयाँको आयब्ययको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।

साधारणसभाको अवसरमा केन्द्रको स्थापनाकालदेखि समाचार लेखन गरी सहयोग पु¥याएको र दोस्रो पटक साहसिक रुपमा मेचीमहाकाली साइकलयात्रा सम्पन्न गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै, केन्द्रको स्थापनाकालदेखि नै उल्लेखनीय योगदान दिएको भन्दै हेटौंडा–९ का निवर्तमान वडाध्यक्ष लक्ष्मण भण्डारी, संस्थाका पूर्वकर्मचारी किरण लामालाई पनि सम्मान गरिएको थियो ।