लुम्बिनी प्रदेशका ४ जिल्लामा मंसिर ४ गते सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार ०८:५७

बुटवल । लुम्बिनी प्रदेशका चार जिल्लामा मंसिर ४ गते सोमबार सार्वजनिक विदा दिइएको छ ।

गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार, सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।