एमालेको जनसंगठन संयन्त्रको बैठक बस्दै

तु खबर संवाददाता
२०८० मंसिर १,शुक्रबार १६:२२
file-photo

काठमाडौं । नेपाल एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार बस्दैछ । बैठक शनिवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी आह्वान गरिएको हो ।

संयन्त्रका प्रमुख भानुभक्त ढकाललेसो बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए ।

यस्तै, बैठकमा तीन वटा विभिन्न एजेन्डामा छलफल हुने उनले बताए ।

संयन्त्रको बैठक यसअघि गत असारमा बसेको थियो ।