जाजरकोट भूकम्पका परेर मृत्यु भएकामध्ये ७८ बालबालिका
जाजरकोट । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकामध्ये सबैभनदा धेरै बालबालिका रहेको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त भूकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये ७६ जना बालबालिका रहेको पाइएको हो ।
जसमा जाजरकोटका ५० र रुकुम पश्चिमका २८ जना बालबालिका रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये बालक २७ र बालिका २३ जनाको रहेका छन् भने रुकुम पश्चिममा मृत्यु भएका ५२ जनामध्ये २८ बालबालिका हुन् ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमसहित ११ वटा जिल्ला प्रभावित बनेको छ ।
