मकवानपुरका घलान मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १७:४४
file photo

मकवानपुर । मकवानपुरमा सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ भालुनटार बस्ने ३३ वर्षीय सोमबार घलान मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घलान घरबाट अन्दाजी ६० मिटर पश्चिम तर्फ बारीमा रहेको आपको रुखमा सलको पासो लागाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।