मकवानपुरमा ७ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा ७ जना डेंगु संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बकैया गाउँपालिकाका दुई जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ६८२ पुगेको छ । उक्त तथ्याङ्क गत साउन १ गतेदेखि आजसम्मको हो ।
