त्रिविले १२ आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम संचालन अनुमति दियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम संचालन गर्नको लागि अनुमति दिएको छ ।
त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम संचालनको अनुमति दिएको हो ।
जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ ।
परिषद्ले मानविकी संकायको स्नातकोत्तर तहमा योग विज्ञान विषय अध्यापनको लागि स्वीकृति दिएको छ भने गभर्नेन्स एण्ड एन्टीकरप्सन स्टडीज कार्यक्रमको नाम पब्लिक पोलिसी गभर्नेन्स एण्ड एन्टीकरप्सन स्टडिज बनाइएको परिषद् कार्यालय प्रमुख यमन बोहराले जानकारी दिए ।