अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १०:००
सांकेतिक तस्बिर

बनेपा । बनेपाबाट अवैध चाँदीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ७ किलो चाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक आश्विनी सर्राफ रहेका छन् । उनलाई काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको हो ।

पूर्वबाट काठमाडौं तर्फ जाँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा सो परिमाणको चाँदी बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।