एमालेको कोशी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ ।
दुई दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ ।
यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन । अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ ।
