प्रहरीद्वारा दोलखाबाट चार किलो सुनसहित तीन जना नियन्त्रण

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार ०९:१९
सांकेतिक तस्बिर

काठमाडौं । दोलखाको सिँगटीबाट प्रहरीले चार किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा रहेका सबै दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी हुन् । यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

प्रहरीले उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।