मकवानपुरको राक्सिराङमा अवैध गाँजा खेती फडानी

तु खबर संवाददाता
२०८० आश्विन ९, मंगलवार १९:०१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले दिनहुँ गाँजा खेती फडानी गरेको छ ।

रासिक्राङको विभिन्न वडामा गाँजा फडानी गर्ने कामलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ९ अन्तर्गत धाधुङ, सुकेल तेन्चुराङ, राक्सिराङ गाउँपालिका वडा नम्बर–४ अन्तर्गत खुर्कोट, चौकीटार, साईतामा लगाइएको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यस्तै, राक्सिराङ–५ बोटबारीस्थित १५ बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।