दोहोरो अंकले बढ्यो नेप्से, दुई अर्ब ९ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० आश्विन ९,मंगलवार १६:४७
file-photo

काठकाडौं । आज साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको हो ।

आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको थियो भने ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको थियो ।

मंगलबार नेप्से बढेसँगै १२ उपसूचकमा हरियाली छाएको छ । आज एकमात्र होटल तथा पर्यटन उपसूचक प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको छ ।