ध्रुवराज ढकालले पाए प्रेस सेन्टर मकवानपुर इन्चार्जको जिम्मेवारी

तु खबर संवाददाता
२०८० भाद्र २२,शुक्रबार १८:२२

हेटौंडा । मकवानुरमा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय धु्रवराज ढकालले प्रेस सेन्टर नेपालको मकवानपुर इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सेन्टरको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय सदस्यसमेत रहेका ढकाललाई मकवानपुर इन्चार्जको जिम्मेवारी दिएको हो ।

उनी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का केन्द्रीय सदस्यसमेत हुन् ।

मकवानपुर इन्चार्जको जिम्मेवारी पाएसँगै ढकालले आफुलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिलाई धन्यवाद दिएका छन् ।

तु खबरसँग कुराकानी गर्दै उनले श्रमजीजी पत्रकारहरुको हकहितका लागि डटेर काम गर्ने बताए ।  सुरक्षित एवम् व्यावसायिक पत्रकारिताको पक्षमा रहेर प्रेर सेन्टर मकवानपुरलाई अझै बलियो र व्यवस्थित बनाउँदै अघि बढ्नेसमेत बताए ।