प्रदेश प्रमुखसँग फ्रि मिडिया नेटवर्कको छलफल

तु खबर संवाददाता
२०७८ पुष १२,सोमबार ११:३७

मकवानपुर । पत्रकारले रिपोर्टिङका क्रममा भोग्नु परेका समस्याको विषयमा फ्रि मिडिया नेटवर्कको टोली र बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच आइतबार छलफल भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्गतको फ्रि मिडिया नेटवर्कको टोलीले प्रदेश प्रमुख शर्मालाई भेटी सञ्चार क्षेत्रका चुनौती र पत्रकारले रिपोर्टिङका क्रममा भोग्नु परेका समस्याको विषयमा छलफल गरेको छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाएको विषयमा पनि छलफल भएको छ । छलफलमा प्रदेश प्रमुख शर्माले व्यवस्थापनमा कमजोरी भएको स्वीकार्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, पत्रकार महासंघ बागमति प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर जिल्ला अध्यक्ष मणिराज गौतमलगायतको सहभागिता रहेको थियो ।