भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

तु खबर संवाददाता
२०८२ बैशाख २९, सोमबार ०९:०६

काठमाडौं । भारत र पाकिस्तानबीच आज सोमबार वार्ता हुँदैछ । अप्रिल २२ मा जम्मु कश्मीरको पाहलगाममा भएको भनिएको आतंकवादी आक्रमणपछि दुई देशबीच युद्ध चलेको थियो । दुबै देशले एक अर्का देश बिरुद्ध मिसाइल आक्रमण गरेका थिए । पछि विभिन्न देशहरुको मध्यस्थतामा वार्ता भएको र युद्ध विराम समेत भएको थियो । सोही युद्ध विरामपछि आजका लागि वार्ता तय भएको हो ।

युद्ध विरामका सर्तहरु र भविश्यका लागि समेत रणनीति तय गर्न आज दुबै देशका उच्च सैन्य अधिकारीहरुबीच वार्ता हुन लागेको हो ।
बीबीसी हिन्दी का अनुसार, आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ ।

भारत र पाकिस्तानका बीच जम्मु कश्मीरको मुद्धालाई लिएर पटकपटक तनाब भइरहने गरेको छ । यस पटक अप्रिल २२ को घटना पछि भारतले यो आक्रमणलाई पाकिस्तानले गरेको आरोप लगाएको छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ ।

त्यसपछि भारतले पाकिस्तानमाथि हवाइ आक्रमण गरेको थियो । मध्यरात भारतले आक्रमण गरेपछि पाकिस्तानले यसको जवाफ दिइने घोषणा गरेको थियो । भारतले अप्रेषण सिन्दुर नाम दिएर पाकिस्तानमाथि आक्रमण गरेको हो ।

पाकिस्तानले पनि भारतमाथि जवाफी कारवाही गरेपछि दुबै देशबीच लामो समय युद्ध हुने स्थिति आएको थियो । तर, दुबै देशबीच वार्ता पछि युद्ध विराम र आज पुनः वार्ता हुने स्थिति बनेको हो ।