नेपाली सेनाको डोल्पाका गुल्मपति चार दिनदेखि सम्पर्कविहीन
काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइतबार रातिदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएका उनलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनी एकाएक सम्पर्कविहीन भएपछि स्थानीय प्रशासनले उनको खोजी गरिरहेको छ ।
उनी आइतबार साँझ ‘इभिनिङ वाक’ जाने भन्दै व्यारेक बाहिर निस्किएका थिए । उनको खोजी गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
