अवैध लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ कटानबाट अवैध लागूऔषधसहित प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन ७० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्वर १३ बस्ने २७ वर्षीय संजय साउद रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बुधबार बा ४९ प ५४४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
