बरामको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति विस्तार

तु खबर संवाददाता
२०८० श्रावण २७, शनिबार ०७:३८

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितीले पुर्णता पाएको छ । शुक्रवार बुद्धबहादुर ब्रम्ह (बराम) को नेतृत्वमा १७ सदस्यीय कार्यसमिति विस्तार गरिएको हो ।

यस्तै, समितीको बरिष्ठ उपाध्यक्षमा बिनोद तामाङ (दिपक) र उपाध्यक्षद्वय मो. सकिल अहमद र आकाश यादव चयन भएका छन् ।

त्यस्तै, सचिव पदमा श्री कृष्ण ढकाल (शोहित) र रामकृष्ण घोरासाइनी, सहसचिव पदमा मन्दिरा थापा, कोषाध्यक्ष पदमा आयुष्मा तिमल्सिना चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः रुविना राई, सविरपन विक, जुना घलान, संगम बन्जरा, सुशान्त कर्ण, शान्ति सापकोटा, राहुल कुमार यादव, आदित्य कुमार शुक्ला र समिर पौडेल रहेका छन् ।

अध्यक्ष बरामले संघको विधान २०२७ र संसोधित विधान २०७५ को व्यवस्था अनुसार इकाई कार्यसमिति विस्तार गरेको बताए । उनले साउन ५ गते अध्यक्षको जिम्मेवारी पाएका थिए ।