घरायसी विवाद हुँदा ९० वर्षीय बुबाको हत्या, छोरा पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार १८:४२

बारा । बारामा शुक्रबार घरायसी विवाद हुँदा एक पुरुषले आफ्नै ९० वर्षीय बुबाको हत्या गरेका छन् ।

जिल्लाको शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्ने ६० वर्षीय दिलबहादुर घलानले आफ्नै बुबा माइतसिं घलानको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै बुबाको हत्या गर्ने दिबलबहादुरलाई इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।