सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो ।
संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका हुन् ।
बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।