हेटौंडाका रोशनसहित ७ जना लागूऔषधसहित पक्राउ
बारा । बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित आइतबार सात जनलााई पक्राउ गरेको छ ।
प्रहरीले १ सय ५७ केजीसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत ७ जनालाई पक्राउ गरेको हो ।
आइतबार मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
