धारिलो हतियार प्रहार गरेर महिलाको हत्या

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ । हत्या हुनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त घटना आइतबार राति भएको हो । हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ ।
घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटको कारण खलेको छैन । प्रहरीले सो घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।