बढेर आयो पेट्रोलियम पदार्थको भाउ

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १५:२६
filr-photo

काठमाडौं । भारतबाट पेट्रोल, डिजेल र मटिट्तलेको भाउ बढेर आएको आयल निगमले जनाएको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुची अनुसार डिजेल पेट्रोल र मटिट्तलेको भाउ बढेर आएको हो ।

नयाँ मूल्यसुची अनुसार, पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ र मट्टितेलमा साढे ७ रुपैयाँ बढेर आएको छ भने हवाइ इन्धनमा साढे ८ रुपैयाँ बढेर आएको छ ।

यस्तै, एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ । सोही अनुसार निगमले एलपीजीको भाउ घटाउने तयारी गरेको छ ।