एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार ०९:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ ।

यसअघि समाजवादीले सचिवालय बैठक आज बसेर अन्य तहको बैठकको मिति तय गर्ने बताँएको थियो । तर, सबै तहका बैठकको नयाँ मिति तय गर्दै सचिवालय बैठक पनि पछि सारेको छ ।

तयारी नपुगेको र प्राविधिक कारण भन्दै समाजवादीले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरूको पछि सार्दै नयाँ मिति तय गरेको हो ।

नयाँ मिति अनुसार, सचिवालय बैठक यही साउन १९ गते चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजे, स्थायी कमिटी २० र २१ गते बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगर, पोलिट ब्युरो भदौ ३ र ४ गते ११ बजे पार्टी कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म कान्तिपुर गार्डेन ब्यांक्वेट ललितपुरमा हुनेछ ।

बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन माथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायतका विषयमा छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए ।