कोरम नपुग्दा लेखा समितिको बैठक स्थगित
काठमाडौं । कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
अघिल्लो कार्यकालका उजुरीबारे छलफलका लागि शुक्रबार बोलाइएको बैठक स्थगित भएको हो ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ । तर, १३ जना मात्रै उपस्थित भएका थिए ।
समितिका उपसचिव साबित्रा शर्माका अनुसार अर्को बैठक आइतबारका लागि तोकिएको छ ।
