प्रहरीद्वारा आगो लगाएर हातहतियार नष्ट

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार १७:५८

काठमाडौं । नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट जफत एवम् बरामद भएका हातहतियारहरूलाई आगो लगाएर नष्ट गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो । ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ वटा पेस्तोल, २३२ वटा म्याग्नम, २९ वटा एयर गन नष्ट गरेको हो ।

त्यस्तै, २२९ सर्ट गन, ६२६ वटा थ्रीनटथ्री राइफल, ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो ।

काठमाडौं महानगरपालिका(११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो।