वर्षेनी ३९६ जनाको पानीमा डुबेर मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार ०९:३०
file-photo

काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोलारनदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको तथ्यांक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नेपालमा धेरैजसो असारदेखि असोज महिनासम्ममा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको मृत्यु हुने गरेको छ ।

पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीयस्तरदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।