खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १, सोमबार १९:०१
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा २ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले सोमबार बिहान एक जनालाई क्राउ गरेको छ ।

प्रहरीले लागूऔषध खैरो हेरोईन ४८ ग्रामसहित भारतको सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाईछिपाई ल्याएको उक्त परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।