प्रतिनिधि सभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण १, सोमबार १०:०९
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आइतबारको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ ।

यस्तै, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रस्तुत भएको छ ।