मकवानपुरबाट वीरगंज जाँदै गरेको ट्रक २६२ केजी गाँजा बरामद
काठमाडौं । बाराको जितपुर–वीरगंज सडकखण्ड अन्तरगत पर्ने जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
गत असार १४ मा मकवानपुरबाट वीरगंजतर्फ जाँदै गरेको बिआर–२५ जिए १४५८ नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर राखेको उक्त ट्रकमा खानतलासी गरेको थियो ।
सो क्रममा ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । गाँजा तस्करले सो गाँजा भारततर्फ लैजान लागेको प्रहरीको आशङ्का रहेको छ । प्रहरीले ट्रक चालक र धनीको खोजी भइरहेको जनाइएको छ ।
