लागूऔषधसहित एक जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० असार ७, बिहीबार ०९:०८
सांकेतिक तस्बिर

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीबाट प्रहरीले बुधबार लागूऔषध गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण राउत थारू रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यलय, मनहरी मकवानपुरबाट खटिएको टोलिले पक्राउ गरेको हो ।

बुधबार बिहान शंकास्पद अवस्थामा बसिरहेको थारूलाई चेकजाँच गर्दा ४ किलोग्राम लागूऔषध गाजाँ फेला परेपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।