वडाध्यक्ष र सचिव घुससहित पक्राउ

काठमाडौं । धनुषाको नगराइन नगरपालिका वडा नम्वर–२ का अध्यक्ष र सचिवलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नगराइन नगरपालिका–२ अध्यक्ष वुलन यादव र सचिव अमृत नारायण मिश्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए ।
उनीहरुलाई अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले ७० हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुमाथि सडक निर्माणका लागि सिफारिस बनाइदिने प्रयोजनका लागि घुस मागेको आरोप छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।