तीर्थयात्री चढेको गाडी दुर्घटना, ८ जना गम्भीर घाइते
प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा हुँदा ८ जना घाइते भएका छन् ।
लु १ च ६३४५ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–४, उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गाडीमा लमही–५ का २ महिला, २ पुरुष र ४ बालबालिका गरी ८ सवार थिए । सवार सबैजना दुर्घटनामा परेर घाइते भएका हुन् ।
घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाने कार्य भइरहेको जनाइएको छ ।
